सुरक्षित र धैर्यताका साथ गाडी चलाउन टिपर चालकलाई १० बुँदे शपथ खुवाइयो

सुरक्षित र धैर्यताका साथ गाडी चलाउन टिपर चालकलाई १० बुँदे शपथ खुवाइयो
काभ्रेपलाञ्चोक- दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र बाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ । ‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमु...

१४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन : महामन्त्री कोइराला

१४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन : महामन्त्री कोइराला
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आगामी १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एकढिक्का भई अघि बढ्ने बताए । उनले भने, “नेपाली काँग्रेसलाई एकढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको ह...

हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु
हेटौँडा । हात्तीको आक्रमणबाट आज मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा करीब तीन किलामिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा आज उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको नीति छैन : मन्त्री ज्ञवाली

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको नीति छैन : मन्त्री ज्ञवाली
काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै पनि नीति नरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा’ विषय कार्यक्रममा उनले सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न नभई सामाजिक सञ्जालबाट हुने विकृति र विसङ्गतिलाई रोक्न भएको स्पष्ट पारे । “समाज...

सभामुखको उम्मेदवार यकिन नभई राजीनामा दिन्न : उपसभामुख

सभामुखको उम्मेदवार यकिन नभई राजीनामा दिन्न : उपसभामुख
काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजीनामा नदिने स्पष्ट पारेकी छन् । संघीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्यूज एजेन्सी नेपाल सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, “सभामुख रिक्त नहुने संविधानको परिकल्पन...

अब हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल

अब हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल
हेटौँडा- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन् । मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, “हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प...

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा
दमौली- तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पु¥याएका हुन् । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घ...

सडक बालबालिकामुक्त गर्न ऐन ल्याइने

सडक बालबालिकामुक्त गर्न ऐन ल्याइने
काठमाडौँ- सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न सहरबाट बालबालिकाको उद्धार अभियानसमेत सञ्चालन गर्दै आएको छ । सडकका बालबालिकालाई उद्धार मात्रै गर्नेभन्दा पनि सडकमा जानै नदिने गरी बालबालिकासम्बन्धी ऐन ल्याउने कामलाई अघि बढाइएको मन्त्रालयले जनाएको छ । सरकारले सडक बा...

देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ- पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ । मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केह...

माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयार

माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयार
– प्रकाश सिलवाल काठमाडौँ- जीवन दर्शनकै रूपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ । यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म यो...