विदेशमा सिकेको सीप स्वदेशमा हस्तान्तरण गर्न परराष्ट्रमन्त्रीको जोड

विदेशमा सिकेको सीप स्वदेशमा हस्तान्तरण गर्न परराष्ट्रमन्त्रीको जोड
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए । ...

यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण गर्न आवश्यक छैन : डा गौतम

यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण गर्न आवश्यक छैन : डा गौतम
काठमाडौँ । सरकारले यात्रा गर्नेबित्तिकै आशंकामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छरछैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म ...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा
दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने...

महिला तथा बालिकामाथि हिंसाका घटना बढ्दो

महिला तथा बालिकामाथि हिंसाका घटना बढ्दो
काठमाडौँ । गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ । ओरेक संस्थाले मनोपरामर्शकर्ता एवं हटलाइनमार्फत १३० र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ३५ वटा घटनाको अभिलेखीकरण गरेको हो । भदौ महिनामा मात्रै ८९ घरेलु हिंसाका घटना ४२ वटा बलात्कारको घटना भएका पाइन्छ । बलात्कारका घटनामध्ये १० वटा सामूहिक बलात्कारको घटना रहेका छन् । त्यसैगर...

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा गम्भ...

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु
बुटबल । यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३:४५ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहे...

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पता...

पहिरामा पुरिएका तीन जनाको शव फेला

पहिरामा पुरिएका तीन जनाको शव फेला
पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलम...

डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति ग...

शुक्रबार थपिए १३१३ संक्रमित, १४५५ जना डिस्चार्ज

शुक्रबार थपिए १३१३ संक्रमित, १४५५ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप १३१३ सहित ७० हजार ६१४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १४५५ जना डिस्चार्ज भएका छ...