छठ पर्वको आज तश्रो दिन निराहार व्रत बसी मनाईदै, रत्ननगरमा बिशेष छठ पुजाको आयोजना
महेश पाण्डे
चितवन । छठ पर्वको तेश्रो दिन आज निराहार ब्रत बसी मनाईदै छ । आजको दिन छठ पर्वको मुख्य दिन पनि रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिईने गरिन्छ ।
छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो ...