अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ
महेश पाण्डे चितवन । अदालतको फैसलापछि पनि फरार रहेका अपराधीहरुको खोजिमा चितवन प्रहरी लागि परेको छ । गत जेठ १५ यता ७८ जना त्यस्ता अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिए । उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ७५ जना पुरुष र ३ जना महिला रहेका छन । उनले हालका दिनमा नागरिक साझेदारी प्रह...