बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते
बाँके । बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मी ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परि बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । ४२ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७...