एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका
महेश पाण्डे
चितवन । एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्दैछन् चितवन सैपामका चेपाङ्ग बालबालिकाहरु । चितवनको कालिका नगरपालिका वडा नं–११, सैपाम साबिक सिद्धि–३ स्थित सैपाम बाँसघारीको यो गाउँ नगर बने पनि विकासको दृष्टिले निकै पछाडि परेको छ ।
पुस लागेसँगै देशभर चिसोको कहर बढेसँगै यहाँका बालबालिका एकसरो कपडा र आगो तापेरै जाडो छल्न बाध्य छन् । ती बालबालिकाको अभिभावकसँग न कपड...