पौडी खेल्ने क्रममा त्रिशुली नदिमा डुबी बेपत्ता भएका सन्ताेषकाे शव भेटियो
चितवन । पौडी खेल्ने क्रममा त्रिशुली नदिमा डुबी बेपत्ता भएका सन्ताेषकाे शव भेटिएकाे छ । गत बैशाख १७ गते दिउँसो ०३:४० बजेको समयमा भरतरपुर म.न.पा. १ ठिमुरा स्थित त्रिशुलि नदिमा पौडी खेल्ने क्रममा सिन्धुली गोलन्जोर गा.पा. ४ घर भई हाल चितवन भरतपुर म.न.पा. १ रामनगर स्थित रहेको पुजा होटलमा काम गर्ने बर्ष १७ को सन्तोष भन्ने चाम बहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
...
