राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र, जनगणना प्रविधिमैत्री हुने
महेश पाण्डे/ध्रुवराज लामिछाने
चितवन । राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र पारिएको छ । हरेक १०–१० वर्षको अन्र्तरालमा हुने जनगणनाको तयारीमा तथ्यांक कार्यालय चितवन पनि लागेको छ । यसपालीको जनगणनाको नारा “मेरो गणना, मेरो सहभागिता” रहेको तथ्याकं कार्यालय भरतपुरका प्रमुख यज्ञ मुर्ती भण्डारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । सोमबार तथ्यांक कार्यालय चितवनको आयोजनामा पूर्वी चितवनको...