नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य
काठमाडौं । नेपालमा पेट्रोल र डिजलको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको जनाएको छ ।
निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको जनाएको छ । यो संगै नेपालमा अब पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनक...