समाजसेवी गजुरेलले गरे संकलित सहयोग रकम रङ्गशालालाई हस्तान्तरण
चितवन- समाजसेवी मुरलीप्रसाद गजुरेलले आफूमार्फत् संकलित सहयोग रकम शनिबार धुर्मुस-सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।
खैरहनीका सामाजिक अभियन्ता गजुरेलले एक लाख १५ हजार ९५४ रुपैयाँ चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका हुन् ।
देशविदेशमा रहेका ३३ जना नेपालीले विभिन्न अवसरमा ...