माडीमा यसबर्ष तोरीको उत्पादन बढ्ने
अजित अधिकारी
चितवन । माडीमा यसबर्ष तोरीको उत्पादन बढ्ने देखिएको छ । तोरी खेतिको लागि मौसममा पनि यसबर्ष राम्रो सुधार आएको माडीका किसानहरु बताउछन । विशेषगरी माडी क्षेत्रमा पछिल्लो समय मानिसहरुको कृषि पेशा तर्फ आकर्षण बढेको छ । कृषि पेशाको लागि माडी खेतीयोग्य उर्बर भुमिको रुपमा परिचित रहेका कारण अधिकांस मानिसहरु कृषि पेसामा निर्भर रहेका छन ।
सो क्षेत्रको माटो खेतीयोग्य रहेक...