काठमाडौं– लामो समयदेखि रंगमञ्चमा सक्रिय अभिनेता खगेन्द्र लामिछाने ‘पशुपतिप्रसाद’को प्रवद्धनमा व्यस्त छन् । शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको ‘पशुपतिप्रसाद’को को मूख्य पात्र अभिनेता लामिछाने फिल्मलाई दर्शकले मनपराउनेमा ढुक्क छन्। xc1db6d087f7f25bb403e7228f45091ef_L.jpg.pagespeed.ic.51nu0F1oRf‘मुख्य पात्रमा आधारित ‘पशुपतिप्रसाद’को ले नेपाली समाजको चित्रण गरेको छ। फिल्मको केही भागहरु मेरो जीवनसँग समेत मेल खाएको छ। स्याङ्जामा जन्मेको मैले राजधानी गरेको संघर्षको केही हिस्मा फिल्ममा समेटिएको छ। गाउँमा ऋण लिएर शहर पसेको हुँदा फिल्ममा त्यही परिभेष समावेश गरिएको छ,’अभिनेता लामिछाने भन्छन्,’समग्रमा फिल्मको कथावस्तु काल्पनिक भएपनि अधिकांश नेपालीको जीवनलाई प्रत्यक्ष छुने प्रसाय गरेको छ।फिल्मलाई दीपेन्द्र के खनालले फिल्मलाई निर्देशन गरेका छन्। फिल्मको स्क्रिप्ट भने अभिनेता लामिछानेले नै लेखेका हुन्। ‘मूख्य भूमिकामा काम गर्दा हरेक पटक नयाँ चुनौती थपिन्छ। ‘पशुपतिप्रसाद’को भूमिकामा देखिन मैले नियमित अभ्यास गरेको थिए। पात्र अनुसार मैले घरमा बसेर बोल्ने शैली, लगाई खुवाईदेखि सम्पूर्ण कुरामा मेहेनत गरेको थिए। नियमित अभ्यास गर्दा समेत कहिलेकाँही सुटिङमा तालमेल मिलाउन अप्ठ्यारो हुन्थ्यो। १८ दिनमा सुटिङ सिध्याइएको ‘पशुपतिप्रसाद’ को लुक्सको लागि अभिनेता लामिछानेले गृहकार्य गरेका थिए। ‘स्क्रिप्टको लागि पशुपति वरपर गएर विभिन्न अनुसन्धान समेत गरेको थिए। स्क्रिप्ट सिध्याएपछि करिव दुई महिना मैले लुक्समा मेहेनत गरेको थिए। त्यसबाहेक लोकेसनको लागि गृहकार्य गरेका थियौं।”वधशाला’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा सक्रिय उनले ‘टलकजंग भर्सेस टुल्के’मा गरेको अभिनयबाट सबैको मन जितेका थिए। नाटकबाट अभियन यात्राको दायरालाई तोड्दै उनले नाटक निर्देशन र फिल्म लेखनमा समेत हात हालेका छन्। ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’ को स्क्रिप्ट लेखेको उनी अरुको स्क्रिप्टमा काम गर्न इच्छुक रहेको बताउँछन्। ‘मेरो डेब्यु फिल्मको स्क्रिप्ट मैले लेखेको थिइन्। राम्रो स्क्रिप्ट भयो भने काम गर्न मज्जा आउँछ। संयोगवश मैले लेखेको स्क्रिप्टमा काम गर्न पाइरहेको छु,’उनी भन्छन्।दर्शकको मनबाट ‘टलकजंग भर्सेस टुल्के’को मूख्य पात्र ‘टुल्के’को याद ‘पशुपतिप्रसाद’ले मेटाउने दाबी उनको छ। ‘मलाई ‘टुल्के’ भनेर चिन्ने दर्शकले यस फिल्म हेरिसकेपछि ‘पशुपतिप्रसाद’को रुपमा चिन्नेछन् भन्नेमा आशावादी छु। मेरोतर्फबाट फिल्ममा शत प्रतिशत खर्चेको छु।’विगत १६ वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय उनी फिल्म रिलिज हुँदै लाग्दा समेत नाटक रिहर्सलको लागि समय निकाल्न लागिपरेका छन्। नागरिक दैनिकमा उनले लेखेको वास्तविक कथामा आधारित ‘दाँतको डोब’को रिहर्सलमा उनी जुटेका छन्। आगामी माघको २२ बाट थिएटर भिलेजमा नियमित मञ्चन हुने नाटकलाई टुकी आर्ट र थिएटर भिलेजले निर्माण गरेको छ। दुई जना साथीको मित्रताको कथामा आधारित नाटकलाई अभिनेता लामिछानेले निर्देशन गरिरहेका छन्।नाटक निर्देशनमा काम गरिसकेका उनली फिल्म निर्देशनमा भने तत्काल हात हाल्ने योजनामा छैनन्। ‘फिल्म निर्देशन चुनौतीपूर्ण काम हो। निर्देशकीय ज्ञानसहित टेक्निकल विषयमा समेत जानकार हुनु आवश्यक छ,’उनले भने,’ यस फिल्मको रिलिजपछि नयाँ फिल्मको तयारीमा जुट्नेछु। भविष्यमा एउटा फिल्म निर्देशन गर्ने योजनाचाँहि छ।

तपाईको प्रतिक्रिया