काठमाडौं-भट्टी भन्ने बित्तिकै मानसपटलमा नकारात्मक चित्रको प्रतिविम्वित गर्दछ। भट्टी शब्दको विम्वात्मक प्रयोग गरिएको नाटक ‘मान्छे पोल्ने भट्टी’ले भने नकारात्मक अर्थ प्रष्ट्याउछ । सुन्दा अनौठो लाग्ने शब्द अनुसार नाटक ‘मान्छे पोल्ने भट्टी’ विना भट्टीलाई प्रट्याउने नाटक हो। समाजलाई भट्टीको रुपमा विम्वीत गरिएको नाटकमा मानिस अनेकन प्रकारले समाज रुपी भट्टीमा पोलीरहन्छन् भन्ने नाटकको मूल आशय रहेको छ। पुरुष विना महिलाको जीवन अधुरो मान्ने हाम्रो समाज र छोरा विना बैतर्नी तरिदैन भन्ने सोचलाई चोटिलो प्रयोग गरेको छ नाटकले । गाउँमा सबैलाई न्याय दिने तर आफै छोरी उमेरी श्रीमति तरुनी श्रीमती भित्राएर अन्याय गर्ने बावु। आफ्नै कान्छी आमालाई आमा नठानी प्रेममा पर्ने छोरा । लोग्ने मान्छे भन्दा स्वास्नीमान्छे गलत देख्ने समाज । अनेकन इच्छा आंकक्षालाई कुण्ठित गरेर सौतासँगै बुढो लोग्ने स्वीकारर्ने किसोर श्रीमती। र पुरुष विना जीवन अधुरो मान्ने महिला पात्र वरिपरि नाटक मान्छे पोल्ने भट्टी धुमीरहन्छ ।नाटकमा अधिकांश नया कलाकार भएपनी नाटकको साख जोगाउने काम गरेकाछन् । पछील्लो समय युवा पुस्ताको रंगमञ्च प्रतिको झुकाव र लेखन तथा निर्देशनमा गर्न खोजेका नौलो प्रयासको भान गराउँछ यो नाटकले । नाटकमा सुशिल गैरे गरेको साधरण अभिनयले सवैको छुन्छ । प्रणव आकाशको लेखन तथा निर्देशन रहेको यो नाटकमा भिष्म प्रणव आकाश, भिमा मैनाली, अर्पण रुपेन्द्र शिवाकोटी लगायतको अभिनय रहेकोछ । नाटक बिहिबार बाहेक हरेक दिन बेलुका साढे चार बजे सर्वनाम थिएटरमा मञ्चन भैरहेकोछ ।