xa6789b8d2a00e5bd0fb388b3cce5be19_L.jpg.pagespeed.ic.I9MN4VaPT2काठमाडौं- असल शासन र उत्तरदायी सरकारको अवधारणा प्रस्तुत गर्ने टेलिभिजन सिरियल ‘सिहदरबार’को प्रसारण सकिएको छ। आइतबार अन्तिम भाग प्रसारण भएसँगै सिरियलको समापन भएको हो। कात्तिक २९ बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको सिरियल एक महिला प्रधानमन्त्रीले जनताका लागि गर्ने राजनीति कस्तो हुनुपर्छ भन्ने अवधारणामा तयार गरिएको थियो। अभिनेत्री गौरी मल्लले महिला प्रधानमन्त्रीको भूमिका निर्वाह गरेकी थिइन्।१३ भागमा प्रसारित सिरियल नेपाल टेलिभिजनसँगै देशका विभिन्न ठाउँमा समेत प्रदर्शन गरिएको थियो। निर्माता सर्च फर कमन ग्राउन्डले देशभरका सयभन्दा बढी ठाउँमा सिरियलको देखाइएको जनाएको छ। छिरिङरितार शेर्पाको निर्देशनमा बनेको सिरियलमा प्रवीण खतिवडा, आलोक थापा, अनिल पाण्डे, रमेशरञ्जन झा, प्रमोद अग्रहरि, सरिता गिरी, बिनिता गुरुङ, भिन्तुना जोशी आदि कलाकारले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया