jayaदुबई,

लामो समय देखि युएईमा म्युजिक भिडियो निर्देशन, छायांकन को काम गर्दै आएको जयल इन्टरटेन्मेन्ट ले फेरी अर्को भिडियो सामाजिक संजाल र युतुबमा सार्वजनिक गरेको छ l नेपालको इमेज च्यानल, च्यानल नेपाल, टिवी टुडे लगायतका विभिन्न टिवीहरुमा बिगत दुइ हप्ता देखि बज्दै आइरहेको छ भने अब सो गीत युतुबमा पनि सार्वजनिक गरेको भिडियोका नायक ज्ञान लामा ले जानकारी दिनु भएको छ l भिडियोमा युएईको रमनिय स्थल रस अल खेमाहका पहाडी दृश्य र कर्निचका दृश्यहरु समावेश गरिएको छ l यस अघि दर्जनौ नाटकहरुमा नायकको भूमिका गर्दै आउनु भएका ज्ञान लामाको यो दोश्रो भिडियो हो l यस अघि मनिषा राइको कसैलाई हसाउने कसैलाई रुवाउने बोलको भिडियोमा लामाको अभिनय क्षमता देखि सकिएको छ l रहरको रुपमा मात्रै अभिनय गर्ने लामालाई भिडियोमा पहिलो पटक साथ् दिनु भएको छ नायीका सविना मगरले l सविनाको लागि भने क्यामेरा पहिलो थियो तैपनि निर्देशकले सिकाए बमोजिम सक्दो न्याय गर्ने कोशिस गरेको बताइन l गीतमा शब्द, संगीत र स्वर प्रदीप थापाको रहेको छ l यस भिडियोका धेरै संजोक हरु रहेका छन् l यस भिडियोका नायक र गायक दुबैजना एउतै जिल्ला बासि हुन् l गायक थापा बारा जिल्ला निजगढ नगरपालिका-२ का बासिन्दा हुन् भने नायक लामा सोहि नगरपालिका सिंगौल-१ का बासिन्दा हुन् l भने यो गीतको कम्पोज आज भन्दा ४ बर्ष अगाडी प्रदीप थापाले युएईमा नै गरेका थिए l भिडियोको निर्देशन, सम्पादन र छायांकन जयराम लामाको रहेको छ l औसतमा आफुले बनाउने गरेका भिडियो भन्दा फरक कोरियोग्राफी गरेका निर्देशक लामाले यस भिडियोमा केहि सस्पेन्स दृश्यहरु राखेका छन् l बजारमा जुन भिडियोमा नि केटा र केटि बीच मनमुटाव हुने, अविस्वास हुने कथाबस्तु हुन्छ भने यसमा तेस्तो केहि नपाउने तर फरक स्वाद पाउने कुरोमा निर्देशक ढुक्क देखिन्छन l

तपाईको प्रतिक्रिया