सभाको उद्घाटन प्रमुख अथिति नेपालका लागि बंगलादेशका राजदुतावासका हेड अफ चान्सरी एण्ड सिनियर काउन्सिलर मोहम्बम अल अलामुल इमाम र रिलायन्स इन्टरनेश्नल एकेडेमीका अध्यक्ष रविन्द्रजंग थापाले संयुक्त रुपमा गरेका थिए । बंगलादेशका राजदुतावासका हेड अफ चान्सरी एण्ड सिनियर काउन्सलर मोहम्मद इमामले यस्ता कार्यक्रमले नेपाली युवा विद्यार्थीलाई उनीहरूमा भएका सीपलाई बाहिर निकाल्न मद्दत गर्ने बताए । उनले भने, ‘यो नेपाली विद्यार्थीका लागि एउटा ठूलो अवसर हो । यस सभामार्फत उनीहरूले संयुक्त राष्ट्रसंघको विभिन्न संरचना बारेमा जानकारी हासिल गर्नुका साथै अन्य देशका विद्यार्थीबाट पनि सिक्ने अवसर प्राप्त गर्नेछन् ।’
उनले बंगलादेशको पछिल्लो विकासको अबस्था बारेमा जानकारी गराउ“दै नेपालको अबको विकासको लागि आवश्यकता भनेको युवा परिचालन भएको बताए । युवा परिचालनका लागि यस्ता किसिमका अन्तराष्ट्रिय कार्यक्रले ठूलो भूमिका खेल्ने उनको विश्वास छ । उनले यस सभामार्फत नेपाली विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको संरचनाको बारेमा जानकारी गराएर भविष्यमा अन्तराष्ट्रिय स्तरमा आफूलाई पु्र्याउन ठुलो भूमिका खेल्ने बताए ।
कार्यक्रमका विशिष्ट अथिति प्याब्सन नेपालका पूर्वअध्यक्ष लक्ष्यबहादुर केसीले संयुक्त राष्ट्र संघको महासभामा सिकाइएका कुराले नेपालको अबको विकासमा टेवा पुग्ने उल्लेख गरे  । उनले कार्यक्रममा उठाइने समस्याहरूको समाधानको निम्ति कसरी छलफल हुन्छ र समस्याहरूको हल कसरी गरिन्छ भन्ने जानकारी हासिल गरी भविष्यमा यसलाई नेपालको परिवेशमा प्रयोग गर्न सकिने बताए । कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमताको विकास साथै वृहत सोचको विकास गर्न मद्दत गर्ने विश्वास उनले लिए ।
कार्यक्रममा बौल्दै रिलायन्स इन्टरनेश्नल एकेडेमीका अध्यक्ष रविन्द्रजंग थापाले बुढानिलकन्ठ–१० स्थित रिलायन्स पब्लिक स्कुलको आतिथ्यमा यस्तो बृहद् आकारको सभा आयोजना गर्न पाउनु ठूलो अवसर भएको बताए । उनले विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको संरचनाका बारेमा जानकारी गराइ उनीहरूको भविश्य निर्माणमा सहयोग पुर्याउन पाउँदा गौरवको अनुभूति भएको उल्लेख गरे ।
उनले भने, ‘विभिन्न देशबाट आएका युवा विद्यार्थीको बीचमा नेपाली विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गर्न पाउनु महत्वपूर्ण अवसर हो । यसले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो भुमिका खेल्ने छ ।’ स्कुलले पनि आफ्ना विद्यार्थीलाई स्कुलको दैनिक सिकाइबाट निस्कियर समय समयमा यस्ता कार्यक्रममा सहभागी हुनु आवश्यक भएकाले नेपालमै यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा हाउस अफ युथ डाइलग (एचवाईडी) का संंस्थापक तथा अध्यक्ष मोहम्मद जाहिद हसनले बुद्ध जन्मिएको देश र विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा भएको देशमा आएर यहाँका युवा विद्यार्थीको बिचमा बोल्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताए । उनले यहाँका युवामा विश्वलाई लिड गर्न सक्ने ्क्षमता भएको उल्लेख गरे । ‘हामीसँग सपना देख्ने बानी छैन । त्यो सबै भन्दा आवश्यक छ । त्यसको लागि शिक्षा सबैभन्दा महत्वपूर्ण छ,’ उनले भने ‘त्यसैलाई मध्यनजर गर्दै एचवाईडीले पनि विद्यार्थीको सीप विकास र त्यसैसगै सम्बन्धीत कार्य गर्दै आएको हो ।’यस सभाले संयुक्त राष्ट्रसंघको विभिन्न संरचना बारेमा जानकारी गराई विद्यार्थीलाई भविश्यमा आवश्यक पर्दा त्यसको बारेमा अरुलाई जानकारी गराउन सक्ने बनाउने उनले बताए । उनका अनुसार एचवाईडीले अहिलेसम्म ६ वटा देशमा यस्ता कार्यक्रम गरिसकेको छ ।
कार्यक्रममा नेपाल, भारत, बंगलादेश, थाइल्याण्डलगायतका मुलुकका १३ देखि २० बर्षसम्मका ४ सय युवा विद्यार्थीको सहभागिता छ । सभामा बंगलादेश, भारत र संयुक्त अधिराज्यलगायतका मुलुकका २० भन्दा बढी प्रशिक्षकले सहजिकरण गर्ने छन् ।
उद्घाटने कार्यक्रमलगत्तै विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको विभिन्न संरचना युएनडीपी, डब्लुएचओ, युनएनआईपीसी, डीआईएसईसी, युएनएचसीआर, युएन डब्लुटीओ, एसओसीएचयुएम गरी आठ समुहमा विभाजन गरिएको छ । विभाजनपश्चात उनिहरूलाई प्रशिक्षकले सम्बन्धित संस्थाको संरचना र सभा आयोजना गर्ने विभिन्न शैलीको बारेमा जानकारी गराएका छन् । यसका साथै प्रशिक्षकले संम्बन्धीत संंस्थाले गर्ने काम, यसको संरचनाबारेमा प्रशिक्षण दिएका छन् ।
बिहिबार भएको कार्यक्रममार्फत विद्यार्थीले संरचनाको बारेमा जाकारी हासिल गरेका छन् । बाँकी दुई दिनको कार्यक्रममा विद्यार्थीलाई कुन संस्थाले दीगो विकास लक्ष २०३० हासिल गर्न के कस्ता कार्यक्रम गर्ने छन् । त्यसमा विद्यार्थीको भूमिका कस्तो रहने छलगाएका विषयमा जानकारी गराईने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार विशेषगरी दीगो विकास लक्ष हासिल गर्न तल्लो तहबाटै काम गर्नु पर्ने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीलाई दीगो विकास लक्ष २०३० मा उल्लेख भएका विभिन्न विषयको बारेमा जानकारी गराई उनीहरूलाई त्यसबारे सक्षम बनाउने यस कार्यक्रमको लक्ष्य छ । सहभागितामूलक कार्यक्रम भएकाले विद्यार्थीले पनि यसबाट आफै सहभागी भई धेरै कुरा हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपालका ४० वटा विद्यालयबाट विद्यार्थीको सहभागिता छ । रिलायन्स नेटवर्कका अध्यक्ष थापाका अनुसार संयुक्त राष्ट्र संघमा विभिन्न देशबाट प्रतिनिधित्व गरेर सहभागी हुने प्रतिनिधीहरूले अन्तरदेशिय समस्याहरू कसरी उठान गर्छन् भनेर कार्यक्रम सिकाइने छ । यसका साथै अन्तरदेशिय संस्कृतिको जानकारीको साथै मैत्रीपूर्ण वातावरणमा विश्व समस्याको पहिचान र समधानको बारेमा कलात्मक ढंगले खोजी गर्न समेत यो कार्यक्रमले मद्दत गर्ने छ ।

तपाईको प्रतिक्रिया