२१ चैत्र, रत्ननगर, चितवन

नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवनमा रहेको सामाजिक संस्था रोटरि क्लब अफ रत्ननगरले करिब ५५ लाख खर्च गरेर टिकौलीमा सार्वजनिक सौचालय निर्माण सम्पन्न गरेको छ जसलाई यहि चैत्र २४ गते टिकौलि जैबिक बिविधता सुचना केन्द्रलाई हस्तातरण गरिने रोटरि क्लब अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले जानकारी दिए ।
सन् २०११ मा सिल्यानास गरि करिव ८ वर्ष लगाएर निर्माण गरिएको उक्त सार्वनजिक सौचालयमा एकै पटकमा १४ जनाले सौच गर्न मिल्ने र ४ जनाले नुहाउन मिल्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा वर्ष २०१९–२० का निर्वाचित अध्यक्ष बिपिन पोख्रलले जानकारी दिए ।

रोटरीयनहरुबाट २० लाख, रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ, साविक जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, युनिक वचत, टिकौली र पञ्चकन्या सामुदायिक वन लगायत संघसंस्था तथा व्यक्तीहरुबाट सहयोग जुटाएर शौचालय निर्माण गरिएको हो ।

यसैगरि,

रोटरी क्लब अफ रत्ननगरले आफ्नो वार्षीक कार्यक्रम अन्र्तगत यही चैत्र २३ गते शनिवार होटल स्टार बेनक्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । अघिल्लो वर्ष असोज ३ गते गरिएको रक्तदान कार्यक्रममा २३० जनाले रक्तदान गरेर उक्त वर्षको नेपालमानै सबैभन्दा धेरै रक्तदान गर्ने संस्था मध्यको एक बनेपछि यस वर्ष पनि लागिएको रक्तदान कार्यक्रमलाई ब्लड बैंकले राष्ट्रिय स्तरको कार्यक्रमको रुपमानै लिएको कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ रत्ननगरका वर्ष २०१९–२० का अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । संयोजक पोख्रेलले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न र अघिल्लो वर्ष जस्तै एतिहासीक बनाउन र यो महान कार्यमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

यसअघि प्रकाशित समाचार

रोटरी क्लब अफ रत्ननगरले चैत्र २३ गते बृहत रक्तदान कार्यक्रम गर्ने

 

तपाईको प्रतिक्रिया