२१ भाद्र, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क

देशभरका करिब १२० जना चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि शुक्रबार पोखरामा सम्पन्न भएको छ । भाद्र १८ गते देखि २० गते सम्म ३ सञ्चालीत कार्यशाला गोष्ठिमा प्रमुख अतिथीको रुपमा उपस्थित चलचीत्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराइले चलचीत्र पत्रकार संघले आफुलाई स्वागत गर्दा आफ्नो चाहाना यस्तै कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने भएको र यो कार्यक्रम सोचेजस्तै भएकोमा खुशि ब्यक्त गरे । उनले अब आफु चलचीत्र निर्माण गर्दा चाहीने फिल्म सेट अर्थात भौतिक निर्माणको काममा लागेको र त्यसको लागि जग्गा पनि लगभग फाईनल भएको बताए । उनले कार्यक्रममा बोल्दै भने “मलाई चलचीत्र पत्रकारहरुसंग दुरी बढेको भनेर साथीहरुले भनि रहेका छन्, म यो कुरालाई स्विकार्छु तर मैले यो चाहेर गरेको होईन म संधै तपाईहरुलाई सहयोग गर्न तयार छु ।”

कार्यक्रमका बिशष्ठि अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख त्रिभुवन पौडेलले पहिला पहिला सबै समाचार एउटै पत्रकारले लेख्ने चलन भएकोमा हालका दिनमा सबै बिधाका समाचार लेख्ने पत्रकारहरु आएकोमा खुशि ब्यक्त गरे । उनले भने “परि तमाङ र करिश्मा मानन्धरलाई सोध्ने प्रश्न एउटै हुन हुदैन, हामीले स्तरीय पत्रकारीता गर्न आवश्यक छ”

कार्यक्रममा बिशिष्ठ अतिथी नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रबन्धक सुर्य थपलीयाले पोखरामा आएर गरिएको यो कार्यक्रमले पोखराको पर्यटकीय बिकासमा टेवा पुग्नेमा बिश्वास ब्यक्त गरे । कार्यक्रमा उपस्थित सम्पुर्ण सहभागीलाई पमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रम चलचीत्र पत्रकार संघका अध्यक्ष संन्दिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया