तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको कृषि फार्ममा शव भेटिए पछि प्रहरीले थाल्यो अनुसन्धान

२ असोज, चेन्नाई
नेपालीको आवाज अनलाईन न्युज डेस्क

भारतीय तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको चेन्नाई स्थित कृषि फार्ममा बुधबार शव भेटिएपछि यतिखेर उनलाई समस्या भएको छ । अज्ञात व्यक्तिको शव भेटिएपछि यतिबेला यस घटनामा अनुसन्धान तथा छानबिन सुरु भएकोे छ।

जैविक खेती गर्नका लागि नागार्जुनले आफ्नो फार्ममा सर्वेक्षणको लागि एक अनुसन्धानकर्ता पठाएका थिए । सोही क्रममा अज्ञात व्यक्ति मृत भेटिएका हुन् । उक्त शव ६ महिना पुरानो भएको बताइएको छ। नागार्जुनले उक्त कृषि फार्म केही वर्ष अगाडि खरिद गरेका थिए। यद्यपी उक्त जमीनको प्रयाग भने गरेका थिएनन्। नागार्जुनले यस विषयमा केही प्रतिक्रिया जनाएका छैनन्। एजेन्सी

Facebook Comments