अस्ट्रेलिया र नेपालमा खिचिएको एउटा रोमान्टिक म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्री फिचर्ड छन् । उनीहरु भिडियोमा रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको सुन्न सकिन्छ । नेपाली गित संगीत साथै नेपाली कला क्षेत्रलाई माया गर्ने शिशिरले नेपाल सगै बिदेशी भुमिमा रहेरपनि कला क्षेत्रलाई विश्वमाझ परिचित गराउन आफु लागि परेका छन् ।

गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् । आदित्य राणाले निर्देशन, छायाँकन र सम्पादन गरेको म्युजिक भिडीयोमा सब्बु तामांग र अमिया गुरुङको मेकअप, रबिन आचार्यको छायाँकन देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया