काठमाण्डौं । पछिल्लो समयमा अभिनय संगै गायनमा पनि चर्चा बटुली रहेको नाम हो अर्जुन सापकोटा। ४ बर्ष अघि हाम्रो मनैमा कृष्ण बोलको भजन गाएर चर्चामा आएका उनले 1 दर्जन जति भिडियोमा मोडलिङ गरिसकेका छन। जस्मा प्रमोद खरेलको गजल लेखे, बिनय कार्कीको हेरत कति, सशान कन्डेलको हरेराम आदि चर्चित गीत हरुमा आफ्नो अभिनय कला देखाइ सकेका छन। सामाजिक काममा पनि अग्रसर सापकोटाको पछिल्लो समयमा भोले रक्षा गरन बोलको भिडियो सार्बजनिक भएको छ।
परशुराम पान्डे र रोशनी पराजुलीको आवजमा रहेको भोले रक्षा गरन बोलको पप भजनमा र्याप गायनमा अर्जुन सापकोटा र हरिस कन्डेलको आवाज रहेको छ। गीतमा आचार्य पवन नन्दन ग्यावलीको शब्द र परशुराम पान्डेको सङीत रहेको छ। अर्जुन सापकोटाको प्रस्तुति अनि अभिनय रहेको यस भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कन्डेलले निर्देशन गरेका हुन। भिडियोको सम्पादन तथा छायांकन रमेश बस्नेतले गरेका हुन।अरु चली आएको भजन भन्दा केही पृथक तरिकाले यो गीत र भिडियोको निर्माण भएको छ। छोटो समयमा गीत अनि भिडियोले धेरैको मन जितिरहेको छ।

तपाईको प्रतिक्रिया