महेश पाण्डे
काठमाण्डौ । सरकार आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकार आफैले निष्कर्ष निकालेको छ । धानको बिउको डिएनए परिक्षणबाटनै यो नक्कली बिउ भएको कृषी बिशेषज्ञले पुष्टि गरेका हुन । १२० दिन सम्म पनि धान नफलेपछि किसानहरु आत्तिएका थिए ।
यो धानको बिउलाई रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले उत्पादन गरेको हो भने नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ भने सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले गरेको छ ।
अघिल्ला वर्ष किसानको खेतमा राम्रो फलेको हाईब्रिट जातको बिउ अर्थात गरिमा धान यस वर्ष भने यसलाई बजारमा ल्याएको सनराईज एग्रीकल्चर रिसर्च सेन्टरले गरिमा धानको प्याकेटमा नक्कली बिउ राखी बिक्रीबितरण गरेकै कारण ठगीएका छन् ।
अन्य जातका बिउ लगाएका किसानहरुले धान काटेर काम सक्काएर आराम गरिरहेको देखिएपनि गरिमा धानको बिउ लगाएका किसान भने बाला नलागेको धान काट्ने कि राख्ने दोधारमा परेका देखिन्छन भने केहिले भने हरीयो परालको लागि मात्र धान काटी सकेका छन् । गरिमा धानको सबै भन्दा बढि प्रयोग चितवनमा भएको देखिएको छ ।
चितवन रत्ननगरका पिडीत किसान ओम प्रसाद रेग्मीले नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै भने “हामीलाई यो गरिमा धानको बिउले ठग्यो, यो फल्दैन, यदी फल्यो भनेपनि राम्रोसंग हुदैन पनि भनेर हामीले नगरपालिका, कृषी केन्द्र र सिडीयो र मुख्य मन्त्रिसम्मलाई भेटि सक्यौ तर सबैले केहि समय कुर्नुस मात्र भन्छन के गर्ने हो खोई, तर मुख्य कुरा चाही यो धान कुनै हालतमा काम छैन, हामी पिडीत किसानलाई क्षतिपुर्ती सहित ठगी गर्ने गरिमा धान उत्पादन गर्ने कम्पनिलाई कार्वाहि सहित ब्याण्डनै गर्नुपर्छ भन्ने नै हो ।”
केहि समय अघि कृषी बिशेषज्ञ सहितको टोलि किसानको खेतमानै गएर यो ढिलो पसाउने जातको धान गरिमा धानको प्याकेटमा हालेर बेचेको हुनसक्ने संखा उहि बेलामा गरेका थिए ।
र केहि समय अघि हामीले प्रकासन गरेको समाचार पढ्नुहोस ।
गरिमा धान ठगी प्रकरणः कोही धान काटेर आराममा, कोही बाला अझै नलागेर पिडामा, खोई त कारवाही ?
गरिमा धानको ठगी प्रकरणः कोही धान काटेर आराममा, कोही बाला अझै नलागेर पिडामा, खोई त कारवाही ?
महेश पाण्डे
चितवन । गरिमा धान नामक बिउ राखेका किसानहरु अझै धानमा बाला नलागेर पिडामा रहेका छन् । अन्य जातका बिउ लगाएका किसानहरुले धान काटेर काम सक्काएर आराम गरिरहेको देखिएपनि गरिमा धानको बिउ लगाएका किसान भने बाला नलागेको धान काट्ने कि राख्ने दोधारमा परेका छन् ।
चितवन रत्ननगरका पिडीत किसान ओम प्रसाद रेग्मीले नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै भने “हामीलाई यो गरिमा धानको बिउले ठग्यो, यो फल्दैन, यदी फल्यो भनेपनि राम्रोसंग हुदैन पनि भनेर हामीले नगरपालिका, कृषी केन्द्र र सिडीयो र मुख्य मन्त्रिसम्मलाई भेटि सक्यौ तर सबैले केहि समय कुर्नुस मात्र भन्छन के गर्ने हो खोई, तर मुख्य कुरा चाही यो धान कुनै हालतमा काम छैन, हामी पिडीत किसानलाई क्षतिपुर्ती सहित ठगी गर्ने गरिमा धान उत्पादन गर्ने कम्पनिलाई कार्वाहि सहित ब्याण्डनै गर्नुपर्छ भन्ने नै हो ।” यो धानको बिउलाई रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले उत्पादन गरेको हो भने नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ भने सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले गरेको छ ।
उता यसको अनुशन्धान गरिरहेको सरकारी निकाएले भने अझै अनुसन्धान पुरा नभएको भन्दै केहि समय कुर्न आग्रह गरेको छ । तर जति समय कुर्न लगाए पनि सबैभन्दा धेरै समस्यामा किसाननै परेको देखिएको छ । एउटा खेति भित्र्यायर अर्को खेति लगाउने बेला सम्मपनि गरिमा धानमा बाला नलाग्दा वा लागे पनि राम्रो संग बिकसीत नहुदा किसानलाई गरिमा धान निल्नुन ओकल्नु भएको छ ।
जततउकस्ररधधध।लभउबष्पियबबधबव।अयmरद्दण्ज्ञढरण्ढरद्धज्ञज्ञछर
गरिमा धानले बिउको नाममा ठग्यो किसान, किसानको भयो बिचल्ली, के होला त अब कार्वाही ? (भिडीयो सहित)
महेश पाण्डे
७ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गरिमा धानको नाम राखेर प्याकीङ गरि बेचिएको धानको बिउ किनेर धान रोपेका किसान ठगिएको प्रमाणीत भएको छ । रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाको उत्पादन तथा नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ गरेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले धानको बिउको नाममा ब्यापार मात्र गरेको किसानहरुले आरोप लगाएका छन् ।
चितवन लगाएत देशैभरि अहिले जहां जहां किसानले गरिमा नामक धानको बिउ रोपेका छन सबै ठाउंमा यस्तो समस्या देखिएको रत्ननगर नगरपालिकाका कृषी बिकास अधिकृत प्रवीण लामाले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।
रत्ननगरमा बिशेष गरि वडा नं. ३, ७, १०, ११ र १२ बाट अहिले सम्म बढि उजुरी आएको नगरपालिकाका अर्का कृषी बिकास अधिकृत रुद्र बहादुर शाहिले जाकारी दिए । उनले गुनासो लिएर आउने किसान दिन दिनै बढेको बताउदै अब वडा कार्यालय मार्फत यसको एकिन लगत निकाली किसानलाई क्षतिपुर्ती दिने र दिलाउने कुरामा नगरपालिका लाग्ने बताए ।
मंगलबार आफ्नो पिडा र समस्या लिएर नगरपालिकामा बिल सहित निवेदन दिन पुगेका रत्ननगर १० का धान पिडीत किसान ओम प्रसाद रेग्मीले भने “असारमा उत्पादन बढि होला भनेर गरिमा धान चर्को मुल्यमा किनीयो, आशा पनि थियो राम्रो उत्पादन हुन्छ तर ८०, ९० दिन सम्म पनि कुर्दा धानको बाला लाग्नका लागी बाला पट्याउनु पर्ने हुन्छ त्योनै छैन, यसपाली हामीसंग दशैंमा टिका लगाउन चाहीने चामल पनि नहुने स्थिती भयो । अब हामी चुप लाग्दैनौ यदि हामीलाई सोझो देखेर हेपीएको हो भने संघर्ष समिती बनाएरनै अगाडी बढ्छौ ।”
यसैबिच मंगलबारनै भरतपुरको कृषी बिज्ञ सहितको टोली प्रत्यक्ष धानखेतमा गई अवलोकन समेत गरेको छ । बिज्ञ टोलिले धान निरीक्षण गरेपछि रत्ननगरकै किसान दामोदर पौडेलले यो गरिमा धान नभएको जानकारी दिएको बताए । उनले हामीसंगको कुराकानीमा भने “यो धान गरिमा धान होईन, प्याकीङ गर्दा अर्कै धान हालेर बेचेको जस्तो देखियो, तर पनि केहि दिन कुर्नुस बाला लाग्न पनि सक्छ त्यसपछि केहि भनौला भनेर कृषी बिदले भन्नु भएको छ म अब केही समय कुर्छु त्यसपछि पनि बाला लानेन भने हामी धानको बिउ बेच्ने ब्यापारी र उत्पादकलाई त्यसै छोड्दैनौ ।”
किसाने त्यसै त मल नपाएर बिरक्तिएको बेलामा अब झन बाला पनि नलाग्ने स्थिती भएपछि गरिमा धानको बिउलाई बजारमा ल्याउने सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङ तथा यसलाई उत्पादन गर्ने रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले किसानलाई सम्पुर्ण क्षतिपुर्ती दिनुपर्ने बताएका छन् । किसानहरुले अब क्षतिपुर्ती मात्र नभई ब्यापारको नाममा ठगिगर्ने ब्यपारी देखी सबैलाई कार्वाही गर्न माग गरेका छन् । रत्ननगरमा साझा एग्रो भेटले अधिकांश किसानलाई गरिमा धान बेचेको पाईएको छ ।