भरतपुर । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणी नदी किनारमा सञ्चालन भइरहेको नारायणी महोत्सवमा सोमबार हट गायिका ज्योति मगर र मिलन लामाले स्टेज तताउने भएका छन् ।

महोत्सवमा आइतबार सात हजार दर्शकले अवलोकन गरेका थिए भने महोत्सव सकिने दिन नजिकिँदै जाँदा दर्शकहरुको उपस्थिति बाक्लिँदै गएको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए ।

शनिबार महोत्सवमा २० हजार दर्शकले अवलोकन गरेका थिए । आइतबार महोत्सवको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

कात्तिक १५ गतदेखि सुरू भएको महोत्सव सोमबारसम्म सञ्चालन हुने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । महोत्सवमा भएको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने थापाले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया