चितवन । चितवनको नारायणी किनारमा आयोजित नारायणी महोत्सव २०७६ मा शुक्रबार र शनिबार प्रताप दास र दुर्गेश थापाले स्टेज तताउने भएका छन् ।

महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत शुक्रबार नेपाल आइडलका प्रताप दास तथा महोत्सवको अन्तिम दिन शनिबार दुर्गेश थापाले प्रस्तुति राख्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारले जानकारी दिए ।

अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रुवी बाल प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको बिहीबार करिब ६ हजार दर्शकले अवालोकन गरेका थिए । कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सव पछिल्लो समय दर्शकको चाप भएपछि पाँच दिन थपिएको थियो ।

संयोजक राजकर्णिकारले शुक्रबार र शनिबार लोकप्रिय गायकहरु आउने भएपछि दर्शकहरुको उपस्थिति बढी हुने बताए ।

बिहीबार महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् ।

तपाईको प्रतिक्रिया