चितवन । हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ चितवन आउने भएका छन् । विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मोफसलकै एक मात्र संस्था लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको चलचित्र “कबड्डी कबड्डी कबड्डी“को बिशेष शोको लागि हास्य व्यङ्ग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चितवन आउने भएका हुन ।
श्रेष्ठ सहित अन्य चर्चित कलाकार यही मसीर २३ गते सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा हुने बिशेष शोमा आउने भएका हुन । उनको साथमा चर्चित एव लोकप्रिय कलाकार विपिन कार्की, नायिका बर्षा राउत, हास्य कलाकार बुद्धी तामाङ ,अभिनेत्री तथा निमात्री रोशनी केसी सहित रंग पत्रकार बिना श्रेष्ठ रहेका छन् ।
पछिल्लो समय कलाकारीता क्षेत्र धराशायी बन्दै गइरहेका बेला नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले उनीहरुलाई यहांँ ल्याउन लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की“ले जानकारी दिए । उनका अनुसार सो अबसरमा विभिन्न सिनेक्षेत्रका हस्ती ,ब्यवसायी तथा समाजसेवीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसले कलाक्षेत्र र कलाकारलाई थप प्रोत्साहन मिल्ने कार्कीको भनाई छ । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आबद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उधोग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया