महेश पाण्डे
काठमाण्डौ । खुमन अधिकारी र कला लम्सालले एक अर्कालाई एकोहोरो ‘हेर्न मनाही छ’ भनेपछि बिवाह मण्डपमानै तनाव उत्पन्न भएको छ । खासमा यो तनाव कुनै रियल बिवाहमा भएको नभै पछिल्लो पटक चर्चित गायक खुमन अधिकारी र गायीका कला लम्सालको स्वर र अभिनयमा बजारमा आएको पन्चेबाजाको गित ‘हेर्न मनाही छ’ को म्युजिक भिडीयोमा भएको हो ।
कला लम्साललको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब चयानल मार्फत मंसिर १९ गते बिहीबार सार्वजनीक गरेकी हुन । गित तथा भिडीयो साच्चैनै राम्रो बनेको कारण यति खेर दर्शक तथा श्रोताले राम्रो प्रतिक्रीया दिई रहेको र भ्युज पनि राम्रो गईरहेको कलाले बताईन ।
उता गायक खुमन अधिकारीलाई नेपालीको आवाज डटकमले गितमा फरक ढंगबाट अभिनय गर्नुभएको रहेछ भन्ने प्रश्नमा उनले भने “खासमा म सधै केहि न केहि नया कुरा दिन सकिन्छ कि भनेर सोची रहेको हुन्छु, त्यसैले यो गितमा पनि अल्लि फरक ढंगबाट प्रस्तुत भए ।”

अधिकारीले पञ्चेबाजाको गित भन्ने बित्तिकै बिवाहमा बज्ने गित भएको कारणले गर्दा र बिवाहमा जन्तिमा दुलाहा पक्षका र दुलही पक्षका बिचमा हुने रमाईलो परिस्थिती र परम्परालाई गित र भिडीयो मार्फत जिवन्त प्रदान गरेको बताए ।
सो गितमा रविन लामिछानेको शब्द र खुमन अधिकारीको लय रहेको छ भेन मौसम हिमालीको निर्देशन, करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

तपाईको प्रतिक्रिया