काठमाडौँ- ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।

प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिशन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् । नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरूमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूको कार्यदक्षता वृद्धि र आत्मनिर्भर गराउने उद्देश्यले आयोजित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को यो ७औं संस्करण हो ।

ब्रेस्ट क्यान्सर फाउण्डेसनको स्तन क्यान्सरसम्बन्धी जनचेतनात्मक कार्यक्रममा सुरुदेखि नै अब्बल मानिएकोयो प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीको सहभागिता रहनेछ ।

मिस नेपाल पिसको फाइनल प्रतिस्पर्धा आगामी चैत अन्तिम साता हुनेछ । विभिन्न अडिशनबाट छानिएका प्रतियोगी शीर्ष उपाधिका लागि यसमा भिड्नेछन् । पहिलो चराणको अडिशनबाट छनौट भएका प्रतियोगी कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रोटिन अवेरनेस, व्याक्तित्व विकास, सञ्चारकलालगायत प्रशिक्षणमा सहभागी गराइनेछ ।

ट्यालेन्ट शो, स्टेज पफमेन्सलगायत विभिन्न चरणका पार गर्दै अन्तिम स्पर्धामा पुग्न सफल प्रतियोगीले फाइनल स्पर्धामा शीर्ष उपाधिका लागि भिड्नेछन् । विजेताले चीनमा आयोजना हुने ‘मिस वल्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसरको अलवा वालीको भ्रमणको ट्रिपसमेत प्राप्त आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

#सांकेतिक तस्बिर : सृतिका गुरुङ (नेक्स्ट टप मोडल)

तपाईको प्रतिक्रिया