
काठमाडौँ- म्युजिक सिटी हल बालकुमारी, काठमाडौँमा अभ्यानी प्रोडक्सन आयोजना भएको ‘जुनियर मोडल वल्र्ड २०२०’ को उपाधि काव्या खड्का र युनिस खड्काले जितेका छन् ।
‘मिस जुनियर मोडल २०२०’ को उपाधि जितेकी काव्या खड्काले नेपाललाई ईजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता इन्टरनेशनल टेलिभिजन मोभमेन्ट अफ चायल्ड क्रियटिभिटीमा प्रतिनिधित्व गर्नेछिन् उनले मिस व्युटीफुल तथा वेस्ट ड्रेसको उपविधा प्राप्त गरेकी छिन् ।
यस्तै, यो प्रतियोगितामा फस्ट रनरअप रविना सिलवाल बनिन् उनले मिसफेसन आईकन उपविधा हात पारिन् र सेकेन्ड रनरअप सृजु लामाले मिस परसनालिटीको उपाधि जित्न सफल भइन् ।
लिटिल मिस तर्फको उपाधि भने ओशिन महर्जनले हात पारिन् र उनले नेपाललाई टर्कीमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता फ्युचर फेसन फेसेज वल्र्डमा प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी उनले मिस पपुलरको उपाधि पनि हात पारिन्, त्यसैगरी दिया ठकुराठीले फस्ट रनरअप स्थान साथसाथै बेस्ट ह्सान्डराइटिड़ अवार्ड हासिल गरिन् ।
‘मिस्टर जुनियर मोडल २०२०’ को उपाधिसँगै युनिस खड्का ले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन् । उनले मिस्टर फोटोजेनिक र मिस्टर ह्यान्डसम अवार्ड पनि हात पारेका थिए। यस्तै, फस्ट रनरअप निशान्त सुर्खेती र सेकेन्ड रनरअप सहर्ष अधिकारी भएका छन् ।
मिस्टर र मिस ट्यालेन्टको उपाधि भने पवन रिमाल र मान्सी खड्काले जितेका छन् त्यसैगरी किशिका श्रेष्ठले भ्युअर्स च्वाइस अवार्ड जित्न सफल भइन् ।
बालबालिकाको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि राई समुदायकी प्रथम महिला सगरमाथा आरोही देउराली चाम्लिङ, मुख्य अतिथि राप्रपाका पूर्व प्रवक्ता गोविन्दराज खनिया तथा एसिया प्यासिफिक लिटिल प्रिन्सेसकी विजेता कृष्टिना खड्का थिए भने निर्णायकको भुमिकामा सोन्दर्य प्रतियोगिता आयोजक तथा डान्स कोरियोग्राफर महेश केसी, नायिका तथा सामाजिक अभियन्ता अश्लेशा ठकुरी,फेसन स्टाईलिस्ट सोन्या गुरूड़ र फेसन कोरियोग्राफर तथा म्यान अफ द इयर नेपाल २०१८ शुशान्त काजी श्रेष्ठ रहेका थिए। प्रतियोगिकाको कोरियोग्राफर रुपमा पवन आचार्य रहेका थिए । कार्यक्रम प्रस्तोताको भूमिकामा रोजिन शाक्य रहेका छन् ।
प्रतियोगीको मुख्य सहयोगी संस्था एसपिएम क्रियशन थियो भने मुख्य ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन, फोटोग्राफी पार्टनरको रुपमा नेपवेड्स शुशान्त सुवेदी र मेकअप पार्टनर मेकअप वाई रश्मी रहेको थियो भने कार्यक्रमको अध्यक्षता अभ्यानी प्रोडकसनका सिइओ अभिविन्द खनियाले गरेका थिए ।