काठमाडौँ- रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुन (खबपु)लाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।

हिमेशले २५ लाख नगद राशिको पुरस्कारका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् ।

आज शनिबार काठमाडौँमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।

कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । धादिङका हिमेश युट्युबर हुन् ।

तपाईको प्रतिक्रिया