काठमाडौँ- गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’ सार्वजनिक गरेकी छिन । रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफूलाई मनपर्ने मान्छेले सपनामा आएर आफूलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ ।

‘को हो त्यो’ बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द गोविन्द प्रसाद उपाध्यायको रहेको छ । विक्रम थापाले संगीतबद्ध गरेको यस गीतलाई विसन मानन्धरले संगीत संयोजन गरेका हुन् ।

सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । उनका मेरो प्रियतमु, हरपल तिम्रो, यो वैँशको मात, सुरुवातु, पहिलो माया, कथा बोलका गीतहरु स्रोतामाझ लोकप्रिय छन् ।

चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, विक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी, सहदेव ढुंगाना, लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यले हालसम्म गायिका शाक्यले १७ बढी गीत सार्वजनिक गरिसकेकी छिन ।

अमेरिकामा रहेर गीत संगीतमा क्रियाशील शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’लाई माया गरिदिन सम्पूर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

तपाईको प्रतिक्रिया