काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली चलचित्र उद्योग पूर्णरुपमा प्रभावित भए पनि नेपाली सांगीतिक क्षेत्रमा गीतहरु भने केही संख्यामा सार्वजनिक भैरहेका छन् ।

यसै क्रममा ड्रिम्स गेट इन्टरटेन्ट्मेन्टले लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको शुभकामना बोलको गीत सार्वजनिक गरेको छ । लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ ।

गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ।

ड्रिम्स गेट इन्टरटेन्ट्मेन्टले अरु पनि धेरै हिट हिट गायक गायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने र यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता, दर्शक एवम् मिडिया हाउसलाई प्रोपाइटर ईश्वर थापाले जानकारी दिए । हेर्नुहोस् गीत : >>>

तपाईको प्रतिक्रिया