काठमाडौँ । कोरना कहरका बीच गायक विवेक झाले आशाको गीत ‘भीड’ लिएर दर्शक स्रोतामाझ आएका छन् । अहिलेको अवस्थामा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेका छन । जीवनदेखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवश छन् ।

आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो, संघर्ष नै जिन्दगी हो, बाँचुन्जेल संघर्ष गर, समस्या अस्थायी हुन्छ, दुःख सत्य हो, दिन पछि रात हुन्छ, रात पछि दिन हुन्छ त्यसैले हिम्मत नहार मैदान नछोड भन्ने सन्देश दिन खोजेका छन् ।

गीतमा शब्द र संगीत विवेक झाको रहेको छ। गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको जीवन्त अभिनय देख्न सकिन्छ ।

यसअघि कमेडी भिडियोहरुमा प्रायः देखिने निश्चलले आफ्नो मनछुने अभिनयबाट सबैको मन जितेका छन् । उज्ज्वल जोशीले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

मृत्यु सबै खाले होसु तर आफैँले आफैँलाई मार्नु नपरोस्, जीवनमा आफूसँग हार्नुजस्तो पीडा अरु केही हुन्न । मर्नु सरल छ जिउनु कठिन, यो दुनियाँ कुनै कायर व्यक्तिको लागि होइन हिम्मत हुनेहरु नै जिउँदा हुन्छन् लड्छन् र जिउँछन् भन्ने सन्देश दिन निर्देशक थापा सफल भएका छन् ।

हेर्नुहोस् पूरा भिडियो >>>

https://youtu.be/y_6A5EabexM 

तपाईको प्रतिक्रिया