काठमाडौँ । विद्यार्थीहरुको एक समूहले पहिलोपटक ‘साईको’ बोलको र्‍याप गीत तथा म्युजिक भिडियो तयार गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर ८, खजुराका ४ विद्यार्थीले करिब एक साताको मिहेनतमा पहिलो सांगीतिक कोशेलीको भिडियो तयार पारेका हुन् ।

सुगन मल्ल ठकुरीको स्वर रहेको गीतको म्युजिक भिडियोमा उनैलाई फिचरिङ्ग गराइएको छ । विप्लव मल्लले खिचेको म्युजिक भिडियोमा विप्लवसँगै सगुन, सौरभ मल्ल र मनिष मल्लले निर्देशन गरेका हुन् । युवा पुस्ताको विषयवस्तुलाई रमाइलो शैलीमा समेटिएको गीतको म्युजिक भिडियोमा वीरेन्द्रनगरकै खजुरा र बुलबुले क्षेत्रका सुन्दर र पर्यटकीय स्थलको दृश्य समावेश भएको छ ।

नवगायक सगुन वीरेन्द्रनगरको स्थानीय इगर ब्रिज बोर्डिङ्ग स्कुलमा कक्षा ११, सौरभ चिल्ड्रेन पाराडाइज बोर्डिङ्ग स्कुलमा कक्षा ९, मनिष इलाइट बोर्डिङ्ग स्कुलमा कक्षा १० र विप्लव काठमाडौँमा कक्षा १२ मा अध्ययनरत छन् ।

‘हामीले स्कुल बिदाको समयलाई सदुपयोग गर्दै सांगीतिक रहरलाई सार्थकता दिएका हौँ,’ सौरभले भने । मनीष र सौरभले सम्पादन गरेको तीन मिनेटको म्युजिक भिडियोलाई एसएमटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् पूरा भिडियो–

तपाईको प्रतिक्रिया