काठमाडौँ । गायक सोभित बस्यालको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘खुसी फर्काइदेउन’ बोलको गीतमा सोभितको नै शब्द तथा संगीत रहेको छ । गीतमा प्राप्ति तुल्चनको पनि स्वर छ । सोभित करिब एक दशक सांगीतिक दुनियामा निकै सक्रिय थिए ।
उनको स्वरमा दर्जन बढी गीतहरु रेकर्ड भएका छन् । व्यवसायका कारण बीचमा ओझेल परेका उनले फेरि कोरोनाले विश्व महामारीको रुप लिइरहँदा नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा कोरोनाका कारण झेल्नु परेको पीडालाई प्रस्तुत गरिएको छ ।
गीतबाट गायक बस्यालले त्यो खुसी फर्काइदिन भगवानसँग प्राथना गरेका छन् ।
सार्वजनिक उक्त गीतको भिडियो गायक सोभितकै निर्देशनमा तयार भएको हो । सुरज श्रेष्ठले खिचेको भिडियोलाई एसटु प्रोडक्सन र एभिडिसी पोखरामा सम्पादन गरिएको हो ।
पूरा भिडियो हेर्नुहोस् >>>















