चितवन । भारतले भूमि अतिक्रमण गरेको विषयलाई लिएर गायक अश्विन घिमिरेले नयाँ गीत सार्वजनिक गरेका छन् । घिमिरेले ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’ बोलको भिडियो गीत सार्वजनिक गरेका हुन् ।

भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै विरोध गरेका छन् ।

देशभक्ति राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् । कपिल घिमिरेको संगीत रहेको यस गीतलाई प्रकाश केसीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्री पगेनी, जयकिसन बस्नेत, जहान्वी बस्नेत, अनुप भट्टराई, अर्जुन भूषाल, उत्सव अधिकारी, पुस्कर लामा, काब्य कार्की, दीपकराज पाठक, सुदीर नेपाल, कृष्ण भट्टराई र अश्मिन घिमिरेले अभिनय गरेका छन् ।

रवि अधिकारीको कन्सेप्ट रहेको भिडियोलाई भोला सुवेदीले निर्देशन तथा सम्पादन गरेका हुन् । राजीव बस्नेत र भोला सुवेदीले छायांकन गरेको यस गीतलाई उषा थापाले निर्माण गरेकी हुन् ।

भिडियो :
https://www.youtube.com/watch?v=SBlBZrDy5eY

तपाईको प्रतिक्रिया