
नेपाली लोक संगीतमा छुट्टै छवि बनाउन सफल लय, शब्द संकलक, मोर्डल तथा गायक तोप शाही समुन्द्रको नया दोहोरी ब्याटल गीत “चितवने चेली भर्सेस बाग्लुङ्गे ठिटो” ले चर्चा बटुलिरहेको छ । टिकटकमा यस गितलाई युवा पुस्ताले धेरै मात्रामा रोजेका छन् ।
गीतमा युवा अवस्थाको प्रेम र रोमान्सलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । तोप शाही समुन्द्रको शब्द तथा संगीतमा तयार भएको गीतमा तोप शाही समुन्द्र र निर्मला शाही समुन्द्रको आवाज रहेको छ । रक कुशलको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विकको निर्देशनमा भिडियो समेत निर्माण भएको छ । गीतलाई यु-ट्युबमास समेत रुचाईएको छ । भिडियोमा सारिका केसी , समिर खान , लोमश शर्मा , प्रेम खड्का अर्जुन गौतमको अभिनय देख्न सकिन्छ ।
तोप शाही समुन्द्रका यस अघिका गितहरु समेत श्रोता दर्शकले अत्याधिक मन पराएका थिए । गाउँको मौलिक शब्द तथा लयलाई गीतहरुमा समेट्न समुन्द्र खप्पिस मानिन्छन । गितलाई फोर एस मिडियाको यु-ट्युब च्यानलमा अपलोड गरिएको छ ।