महेश पाण्डे
चितवन । आशुतोष फिल्म प्राेडक्सन प्रा.लिकाे ब्यानरमा सुरज पाेखरेलले निर्माण गरेको छाेटाे चलचित्र “जीवन साथी” दशै र तिहारलाई मध्यनजर गर्दै रिलिज हुने भएकाे छ । सामाजिक बिषयवस्थुमा अपाङ्ग महिलाको जीवनका उतार चढावलाई समेट्दै चलचित्र निर्माण गरिएकाे आज खैरहनीमा भएकाे पत्रकार सम्मेलनमा साे चलचित्रका लेखक तथा निर्देशक किशोर चाैधरीले जानकारी दिए । उनले अरु लघु चलचित्र १५ देखि २० मिनेटको हुने गरेकाे भएपनि फिल्मलाई कम्प्रमाईज नगर्दा करिब ४२ मिनेटकाे बन्न गएकाे बताए ।

चलचित्रका प्रस्तुतकर्ता तथा नायक सुरज पाेखरेलले आफ्नो चाहाना सानै देखिनै फिल्मी छेत्रमा लाग्ने भएकाे भएतापनि बल्ल आएर साे सपना साकार भएकाेमा खुसी ब्यक्त गरे । खैरहनीमा करिब ५ दिन लगाएर छायांकन गरिएकाे साे चलचित्र निर्माण गर्दा करिब १ लाख ५० हजार खर्च भएकाे पाेखरेलले जानकारी दिए । साे चलचित्रमा सुरजका अलावा रेश्मा सुवेदी, ईश्वरी बराल, रुप्सना खातुन लगाएतका कलाकारकाे अभिनय रहेकाे छ ।

साे चलचित्रमा राजन पाेख्रेल र प्रकृति खरेलकाे लगानी रहेकाे छ भने रेहान मियाकाे परिकल्पना, मनाेज चाैधरी र रबि काेईरालाकाे छायांकन रहेकाे छ । साे चलचित्रको ट्रेलर भने फिल्मी पाटि मिडिया युट्युब मार्फत आजनै सार्वजनिक गरिएको छ ।

.

तपाईको प्रतिक्रिया