दशैँ को अबसर पारी नयाँ लघु चलचित्र ‘पापी दशैँ’सार्वजनिक भएको छ । फिल्मी पाटी मिडियाको अधिकारिक युटुब च्यानल बाट सार्वजनिक भएको उक्त चलचित्रलाई यहाँहरुले श्रृङ्खला अनुसार हेर्न सक्नुहुन्छ ।
दशैँ सबैको लागि खुशी बनेर मात्र आउँदैन, पिडा बनेर पनि आउन सक्छ तर यस्तो पिडा बनेर दशैँ कहिले पनि नआयोस दशैँ एउटा उमङग र उत्साह बनेर आओस भन्ने भाव साे चलचित्रले दिन्छ ।

दशैँ सँग नजिक रहेर तयार गरिएको प्रस्तुत लघु चलचित्रमा चितवनका कलाकार कलाकार सागर ढुंगाना, अनुजा भण्डारी,दिपक अधिकारी,सरस्वती कोईराला,शाहीद चौधरी,बिना लामा,मुस्कान काप्री,दिना लामाको अभिनय रहेको छ भने संचारकर्मी सागर ढुंगानाको निर्देशन कला हेर्न सकिन्छ ।

नेत्र गुरुङले छायान्कन रहेको उक्त चलचित्रको कथा अंगत श्रेष्ठको रहेको छ । निर्माताको रुपमा कलाकार समेत रहेका मुस्कान काप्री रहेका छन भने चलचित्र दोस्रो भाग अष्टमीको दिन सार्वजनिक हुने छ ।

तपाईको प्रतिक्रिया