काठमाण्डौ । प्रखर वक्ता तथा गायक रमेश प्रसाईं कालिकाेटकी नन्दा सिंहसंग मंसिर २२ मा विवाह वन्धमा बाँधिने भएका छन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवैनै दृष्टिविहिन हुन् ।

दृष्टिविहीन भएपनि प्रखर बाेल्ने क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणी नामक कार्यक्रममा समेत आवद्ध छन् ।
उनले बिवाह गर्न लागेकि नन्दा भने समाजसेवामा काम गर्दै आएकि छिन । हाल उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको खुल्न आएकाे छ । आज भन्दा ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए त्यस लगत्तै रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिवाह भने धरानबाट हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया