काठमाण्डौ । गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह विवाह गरेकी छन् । बुधबार गायिका पन्तले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । गायिका अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पारिवारिक श्रोतले बताएको छ । पन्त र थिर बिचमा विवाहको कुरा केही समय अगाडि देखि चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर उता थिरले भने विवाहको कुरा मिडियामा भने स्वीकार गरि सकेका थिए ।
अन्जु र थिरको विवाहमा उनिहरुका सीमित आफन्तहरु मात्र सहभागी रहेको बताइएको छ । पाटनमा रहेको एक चर्चमा आफूहरूको विवाह भएको थिरले बताएका छन् । उनले कोरोनाको कारणले सीमित आफन्तको उपस्थितिमा विवाह गरेको जानकारी दिए । विवाह लगत्तै गायिका पन्तले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत पोष्ट गरेकी छन् । उनले पोष्ट गरेको सो भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो । तर उनिहरुको विवाह लामो समय टिक्न सकेन । मनोज राजसँग करिब एक दशक अगाडि पन्तले डिभोर्स गरेकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् । उनि पनि सो विवाहमा उपस्थित रहेकी थिइन ।

तपाईको प्रतिक्रिया