महेश पाण्डे
सञ्चारकर्मी तथा र्‍यापर उज्वल घिमीरे (युजेके) को र्‍याप गित “मै हुँ…….” युट्युबमा चर्चीत बन्दै गएको छ । बिगत १५ वर्ष देखि सांगेतिक क्षेत्रमा लागि रहेका घिमीरेले पछिल्लो पटकर्‍ याप गित “मै हुँ…….” आफ्नै युट्युब च्यानल यूजेके अफिसियलबाट सार्वजनिक गरेका छन् । एउटा पुरुषले जिवनमा गर्नुपर्ने संघर्षको कथालाई शब्दमा कोरेका घिमीरेले सो गितलाई ¥यापका रुपमा दर्शकको माझमा पस्केका छन् ।

उनको सो गितको मिक्सिङ्ग तथा उत्पादन सौरभ ठकुरीले गरेका छन् भने अभियान थापाले भिडियो सबैको माझमा प्रस्तुत गरेका छन् । घिमीरेको सो गित अष्ट्रेलियाको मेक मनि रेकर्डसमा रेकर्ड गरिएको हो । सधै दर्शक श्रोतालाई फरक धारका गितहरु प्रस्तुत गर्ने घिमीरे हाल अष्ट्रेलियामा रहेका छन् ।

उनले नेपालमा रहदा गित संगित बाहेक बिभिन्न सञ्चार माध्यममा कार्यक्रम सञ्चालक तथा उत्पादकको रुपमा कार्य गरेका थिए । नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै घिमीरेले बिदेशमा रहेर पनि आफ्नो कला र गलालाई मार्न नसेको बताउदै केहि फरक र नया स्वादमा गित संगितलाई सबैको माझमा पस्कन आफुलाई खुसी लाग्ने बताए । उनले आफु र्‍याप गितको माध्यमबाट भएपनि युवाहरुमा केहि सकारात्मक सन्देश दिन चाहेको बताए । “मै हुँ…….” नामक सो गितलाई युट्युबमा राखेको एक महिनामानै एक लाख भन्दा बढिले हेरी सकेका छन् ।

तपाईको प्रतिक्रिया