अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन...









