भन्सार छली ल्याएका कपडा बरामद
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार बराबरको अवैध कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो ।
भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिइएको हो । ती सामान ...






