‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. महतले गरे उद्घाटन
‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. प्रकाश महतले उद्घाटन गरेका छन् । उद्धघाटन पछि बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलवार चितवनमा आयोजित महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्द...









