कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता
बाजुरा- नेपालको सुदूरपश्चिम हिमाली गाउँपालिका ७ स्थित बाधुको कालडाँडा भीरबाट जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । मृतक चारमध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । ...









