करोडौँ कमिसन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा बेथिति बढ्यो : स्वास्थ्यमन्त्री

करोडौँ कमिसन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा बेथिति बढ्यो : स्वास्थ्यमन्त्री
कञ्चनपुर- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असैंना स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन,...

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ट्रकको ठक्करबाट एक युवकको मृत्यु
कैलाली- कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइ...

दस लाख ठगी गर्ने गिरोह पक्राउ

दस लाख ठगी गर्ने गिरोह पक्राउ
धनगढी- नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिय...

सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…

सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…
काठमाडौँ । प्रदेश नं २ ले बढी भ्रष्टाचार हुने प्रदेशका रुपमा कीर्तिमान देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै, बागमती प्रदेश पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरक...

हिमपात र वर्षाले चिसो बढेपछि एक सातादेखि कर्णालीको जनजीवन कष्टकर

हिमपात र वर्षाले चिसो बढेपछि एक सातादेखि कर्णालीको जनजीवन कष्टकर
सुर्खेत- एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ । हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दा यसबाट बढी प्रभावित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताए । “पश्चिमी वायुको प्रभा...

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
डडेल्धुरा- सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि लगातार हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु ...

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

चट्याङ लागेर एकै परिवारका पाँच घाइते
बाँके- चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक...

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता
बाजुरा- नेपालको सुदूरपश्चिम हिमाली गाउँपालिका ७ स्थित बाधुको कालडाँडा भीरबाट जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । मृतक चारमध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । ...

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
काठमाडौँ- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन...