फुटबलमा नेपालले भुटानलाई हराउँदै जित्यो स्वर्ण पदक
काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो ।
नेपालले सागअन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा भारतमा भएको स...







