विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य
काठमाडौँ । वाग्मती प्रदेश सरकारले संघीय राजधानी काठमाडौँलगायत विभिन्न सहरलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य सुरु गरेको छ ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न सहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताए ।
उनले मन्त्रिपरिषद्को ...








