न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार सङ्क्रमणकालीन न्यायका पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विस्तृत शान्ति सम्झौता १४ वर्ष पूरा भएको अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायका संयन्त्रसँग सम्बन्धित कानुन मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय मूल्यमान्यता पालन...









