कोरोना कहर : विश्वव्यापीरुपमा रेमिट्यान्स २० प्रतिशतले घट्ने

कोरोना कहर : विश्वव्यापीरुपमा रेमिट्यान्स २० प्रतिशतले घट्ने
काठमाडौँ । कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने भएको हो । महामारी र लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिएको बैंकको अध्ययनले देखाएको हो । बैंकले बुध...

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट
हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका...

आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

आजदेखि भरि सिलिण्डर ग्यास बिक्री
काठमाडौँ । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री सुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् । काठमाडौँ उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिण्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनका अनुसार विभिन्न नाकाबाट पर्या...

पर्यटन क्षेत्रमा भएको असरबारे अध्ययन गर्दै सरकार

पर्यटन क्षेत्रमा भएको असरबारे अध्ययन गर्दै सरकार
काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ । यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको छ । सरोकारवाला व्यवसायीले पर्यटन क्षेत्रमा भएको असरबारे विभिन्न धारणा ल्याइरहेका छन् । कोभिडको प्रभावले नेपालको पर्यटन...

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर रु १० ले घट्यो

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर रु १० ले घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन (आन्...

टेलिकमले ७ दिनका लागि शतप्रतिशत बोनस दिने

टेलिकमले ७ दिनका लागि शतप्रतिशत बोनस दिने
काठमाडौँ । कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहीबारदेखि ७ दिनका लागि लागू हुनेछ । टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा ...

नेपाली व्यवसायीको अमेरिकामा सुईट्स होटलमा लगानी

नेपाली व्यवसायीको अमेरिकामा सुईट्स होटलमा लगानी
अमेरिका । नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम बढिरहेको छ । उनीहरुले स्टोर, व्युटी सैलुनदेखि होटलसम्म लगानी विस्तार गरेका छन् । यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् ।कर्नेस सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होटल तेल उत्पादन ग...

ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान

ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान
काठमाडौँ । नेपाल आयल निगम कर्मचारी सङ्घले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी सबै कर्मचारीलाई उपभोक्ताको हकहितमा रहेर काम गर्न र आवश्यकतानुसार बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धता नभएमा नेपाल सरकार तथा नेपाल आयल निगमले खटाएको जुनसुकै समयमा बजार अनुगमन तथा सुपरीवेक्षण गरी थप ...

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई कर छूट दिइने

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई कर छूट दिइने
काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको जोखिमबारे जानकारी दिन आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रभावित पर्यटन क्षेत्र र व्यवसायीहरुलाई करमा छूट दिने बताएका छन् । कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रकिङ तथा हस्तकलाजस्ता क्षेत्र बढी प्रभावित भएको जनाउँदै उनले जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिज...

मनकामना केवलकार पनि शनिबारदेखि बन्द हुने

मनकामना केवलकार पनि शनिबारदेखि बन्द हुने
चितवन । मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याइएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले बिहीबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ । कम्पनीका नायब महाप्रबन्...